२०८१ चैत्र ३, आईतवार १८:०८

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनका बैठकबाट पारित भएका चार विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले ‘सुरक्षित कारोबार ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक’, ‘विद्युतीय व्यापार (ई–कमर्स) को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक’ आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 

Comment


Related News

Latest News

Trending News