२०८१ चैत्र ५, मंगलवार १८:५६

राष्ट्रिय प्रजातन्त्र पार्टीले उपत्यका केन्द्रीत थप आन्दोलनको घोषणा गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय धुम्वाराहीमा मंगलबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले पार्टीले उठाएका माग पुरा गर्न दवाव दिनका लागि भन्दै उपत्यका केन्द्रीत थप आन्दोलनको घोषणा गर्ने निर्णय गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो ।

पार्टीको आन्दोलन परिचालन मूल समितिको बैठक चैत्र १२ गते बस्ने र थप उपत्यका केन्द्रीत आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने उहाले बताउनुभयो ।

बैठकले समान विचार राख्ने सबै शक्तिहरुलाई आफ्नो नेतृत्वको आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ भने वर्तमान सरकार सवै क्षेत्रमा असफल भएको निष्कर्ष बैठकले निकालेको अध्यक्ष लिङ्देनले बताउनुभयो । उहाले राजसंस्थाको पक्षमा राप्रपाको अवको आन्दोलन निर्णायक हुने दावी गर्नुभयो ।

उहाले राजसंस्था पुस्र्थापनका लागि भन्दै नवराज सुबेदी वा अन्य कसैले बनाएको समितिमा आफु नबस्ने स्पष्ट पार्नुभयो । जुनसुकै शक्तिले पनि राजसंस्थाको पक्षमा आन्दोलन गर्दा राप्रपालाई सहयोग नै पुग्ने उहाले बताउनुभयो ।

Comment


Related News