२०८१ चैत्र ६, बुधबार १६:३६

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले २५ करोड अवैध रकम कुनै भरियाको नहुने भन्दै सरकारलाई मालिक समात्न चुनौती दिएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै विगतदेखि नै भरिया मात्रै समात्दै आइरहेको बताए।

उनले भने, ‘यो सुन तस्करको पैसा हो। अहिले सबै तस्करीहरू बढेका छन्। जहिले पनि किलोका किलो सुन समातिन्छ। तर मालिक समातिँदैन। छानबिन समितिको रिपोर्ट बन्छ सरकारले त्यसलाई तालाचाभी लगाएर आफैँसँग राख्छ सार्वजनिक गर्दैन।’

उनले सुन प्रकरणका छानबिन समितिको प्रतिवेदनहरू सदनमा पेस गर्न माग गरे।

Comment


Related News

Latest News

Trending News