नेपाल मधेशी निजामती कर्मचारी मञ्चको महाधिवेशन आजदेखि जनकपुरधाममा सुरु हुने भएको छ ।
माडवारी सेवा समितिमा मञ्चले महाधिवेशनको पूर्व सन्ध्यामा आयोजना गरेको पत्रकार सम्मेलनमा महाधिवेशनको तयारी पूरा भएको र प्रतिनिधिहरु समेत जनकपुरधाम आउन थालेको जनाएको छ । बिहीबार (आज) दिउँसो १ बजे देखि हुने महाधिवेशनले नयाँ नेतृत्वको समेत चयन गर्ने मञ्चले जनाएको छ ।
नेपाल मधेशी निजामती कर्मचारी मञ्चका केन्द्रीय अध्यक्ष ताहिर हुसेनको अध्यक्षतामा तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष राजकिशोर यादवको प्रमुख आतिथ्यमा जनकपुरधामको माडवारी सेवा समितिमा हुने महाधिवेशनमा देशै भरका निजामती कर्मचारी सहभागि हुने मञ्चले जनाएको छ ।
सम्पूर्ण केन्द्रीय, प्रादेशिक, विभागिय, जिल्लाका सदस्य तथा सुभेच्छुक सदस्यहरुलाई महाधिवेशनमा सहभागि भई महाधिवेशन भव्यता पूर्वक सफल बनाउन चौथो महाधिवेशनको मुल तयारी समतिका संयोजक लालबाबु यादवले जनाएको छ ।
मधेशवादी दल संग सुभेच्छा राख्ने मधेशी निजामती कर्मचारीहरुको साझा संगठन नेपाल मधेशी निजामती कर्मचारी मञ्चले सोहि महाधिवेशनबाट नयाँ नेतृत्व समेत चयन गर्ने छ ।


