२०८१ चैत्र १०, आईतवार ०७:११

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले देशलाई बर्बाद हुनबाट जोगाउनका लागि मुलुकको वर्तमान व्यवस्था परिवर्तन गर्नु आवश्यक रहेको बताएका छन् ।

जनकपुरधाममा शनिबार आयोजित विरोधसभामा बोल्दै अध्यक्ष लिङदेनले वर्तमान संघीय लोतकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकल्प खोज्नु पर्ने अवस्था आइसकेको बताए । उनले देशलाई बर्बादीबाट जोगाउन अभिभावकीय रुपमा राजालाई राखेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था मात्रै नेपालकालागि उत्तम व्यवस्था हुने बताए ।

उनले यसका साथै संसदमा समेत पूर्ण समानुपातिक व्यवस्था राखेर सांसदहरुलाई मन्त्री नहुने व्यवस्था लागु गर्नुपर्ने बताए । सांसदलाई मन्त्री नबनाएर ऐन कानून बनाउने मात्रै जिम्मा दिइए देशमा भ्रष्टाचार पनि कम हुँदै जाने उनले बताए । उनले कांग्रेस, एमाले, माओवादी तथा मधेशवादी दलका नेताहरुले नेपाली जनताको मतको दुरुपयोग गरेको आरोप समेत लगाए ।

एक अर्को प्रसंगमा लिङदेनले संघीयताले देशको अर्थतन्त्रलाई कमजोर पारेको दाबी गर्दै नेपाली नेपालीबीच विभाजनको फाँटो हाल्ने अस्त्र रहेको उनले आरोप लगाए ।

Comment


Related News

Latest News

Trending News