२०८१ चैत्र १०, आईतवार १३:३५

महोत्तरीमा एक जना पुरूषको हत्या भएको छ।

गौशाला नगरपालिका-८मा रहेको सागरनाथ वन विकास परियोजनाको जंगलमा रहेको रेलवे ट्र्याक भन्दा एक सय मिटर पर शव फेला परेको हो।

शव शुक्रबार साँझ साढे ५ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए।

उनका अनुसार मृतक धनुषा क्षिरेश्वर नगरपालिका-८ दिगम्बरपुरका शिवशंकर महतो हुन्।

महतोको शव विभत्स रूपमा हत्या गरिएको अवस्थामा फेला परेको हो।

उनको टाउकोमा खुकुरीले प्रहार गरेको र जलाएको समेत अवस्थामा रहेको डिएसपी जयसवारले बताए।

‘खुकुरीले प्रहार गरी जलाएको अवस्थामा फेला परेको हो। अनुसन्धान हुँदैछ,’ उनले भने, ‘सनाखत भएसँगै थप कुराहरू पनि खुल्दैछन्।’

Comment


Related News

Latest News

Trending News