२०८१ चैत्र ११, सोमबार १५:१६

धनुषाका शिवशंकर महतो हत्या प्रकरणमा प्रहरीले उनकै श्रीमतीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जयसवारले शिवशंकरकी श्रीमती सिर्जनालाई पक्राउ गरिएको बताए । ‘हामीले हिजै सिर्जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएका छौं । आज म्याद थप गर्ने प्रक्रियामा छौं,’ उनले भने । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–८ दिगम्बरपुर बस्ने २५ वर्षीय शिवशंकरको हत्या भएपछि प्रहरीले श्रीमतीलाई समेत आशंका गर्दै अनुसन्धान अघि बढाएको थियो ।  मोटरसाइकलमा लैजाने व्यक्तिको समेत पहिचान भइसकेको जयसवारले बताए ।

शिवशंकरको शव महोत्तरीको गौशाला नगरपालिका–८ सागरनाथ वनमास्थित रेल्व ट्र्याकबाट करिब १०० मिटर दक्षिणतर्फ फेला परेको थियो । शुक्रबार साँझ ५ः३० बजे शव भेटिएको थियो । उनका अनुसार शवको प्रकृति हेर्दा गर्धनमा धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिएको छ । हत्यापछि घिसारेर केही पर लैजान खोजेकोजस्तो समेत देखिएको छ । शवको आइतबार सनाखत भएको थियो ।

शव अहिले पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ । प्रहरीका अनुसार शिवशंकर बिहीबार दिउँसो श्रीमती सिर्जनासँगै १० महिने छोरासहित ससुराली घर बर्दिबास नगरपालिका–५ पशुपतिनगर बन्द्र जान भनी निस्केका थिए । तर उनी ससुराली पुगे/नपुगेको प्रहरीले केही खुलाएको छैन ।

कुनै रिसिईबीका कारण हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

Comment


Related News

Latest News

Trending News