२०७७ बैशाख ६, शनिबार १४:४०

काठमाडौं । फ्रान्सबाट फर्किदा कोरोना संक्रमित भएकी नेपाली विद्यार्थी निको भएकी छन्।

उनलाई शनिवार डिस्चार्ज गरिएको छ। उनलाई गत चैत १० गते कोरोना पुष्टि भएको थियो ।

१९ वर्षीया युवती टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा वार्डबाट डिस्चार्ज भएकी हुन। पछिल्ला सबै टेस्टका रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

हाल नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ।

नेपालमा पहिलोपटक चीनबाट फर्केका ३२ वर्षीय पुरुषमा माघ १० गते कोरोना पोजिटिभ देखिएको थियो। उनी निको भइसकेका छन्।

दोस्रौ संक्रमितका रुपमा देखिएकी युवती शनिवार डिस्चार्ज भएकी हुन।

Comment

Related News

Latest News

Trending News