२०८१ चैत्र १३, बुधबार ०६:५६

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ताधारी दलहरूको बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव उपस्थिति भएनन्। बालुवाटारमा मंगलबार बसेको बैठकमा जसपा नेपालका अध्यक्ष यादव सहभागी नभए पनि संसदमा विचाराधीन विधेयकको विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

सत्तापक्षीय दलहरुले संसदमा विचारधीन विधेयकलाई यथाशीघ्र टुङ्गोमा पु¥याउने अनौपचारिक निर्णय भएको श्रम, रोजगार तथा सामाजिकमन्त्री शरतसिंह भण्डारीले जानकारी दिए । उनले सो बैठकमा भूमिसम्बन्धी अध्यादेशमा राजनीतिक सहमति जुटाउनेलगायत समसामायिक विषयमा छलफल भएको बताए ।

‘कार्यव्यस्ताका कारण जसपा नेपालका अध्यक्ष यादव अनुपस्थित भएपछि बैठकले खासै गति नलिएको उनको भनाइ छ । जसपा नेपाल अध्यक्ष उपेन्द्र यादवले व्यस्तता रहेको भन्दै सत्तापक्षीय बैठकमा सहभागी हुन नसकेको जनाएका छन् । जसपा नेपालका अध्यक्ष यादव सत्तापक्षीय बैठकमा नआए पछि प्रधानमन्त्री ओली अर्कै कार्यक्रममा व्यस्त थिए ।

करिब एक घन्टा ढिलो बालुवाटार फर्केपछि सत्ता गठबन्धनको निर्धारित बैठक अनौपचारिक छलफलमा परिणत भएको थियो । मंगलबार अपराह्न बस्ने भनिएको बैठकका लागि यादवलाई खबर गरिएको थियो, तर पछिल्लो समय उनी सत्ता गठबन्धनसँग असमति जनाउँदै आएका छन् । सो बैठक स्थलबाटै अध्यक्ष यादवसँग अनौपचारिक संवाद भएपछि बुधबार बिहान ११ बजे फेरि बैठक बस्ने सहभागी नेताहरूले बताए ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सत्ता गठबन्धनको बैठक एजेन्डामै प्रवेश नगरी रोकिएको बताइन् ।

Comment


Related News

Latest News

Trending News