अपडेट 
२०७७ बैशाख ६, शनिबार १५:५०

जनकपुरधाम । जनकपुरधामको महाविरचौक स्थित सडकमा पैसा छरिएको घटनामा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ ।

पक्राउ परेका दुवैजना जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ निवासी मुस्लिम महिलाहरु आमुना खातुन र अलिना खातुन रहेकी छन् ।

उनी दुवैजना नातामा भाउजु र नन्द हुन । आज करिव अढाई बजे जानकी नगर स्थित मदरसाको पछाडिवाट उनीहरुलाई पक्राउ गरिएको छ । पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ तथा अनुसन्धान भइरहेको प्रह्रीले जनाएको छ ।


सिसिटिभी फुटेजको आधारमा अनुसन्धान सुरु गरिएको थियो । सिसिटिभी फुटेजमा मुख छोपेकी दुईजना महिलाहरु देखिएपछि प्रहरीले सो महिलाहरुको खोजी तिब्र पारेको थियो । धनुषा प्रहरीका प्रवक्ता प्रह्री नायक उपरिक्षक रामेश्वर कार्कीका अनुसार सिसिटीभी फुटेजहरु झिकाएर शंकाष्पद देखिएका र स्थानियले भनेको हुलियाको आधारमा महिलाहरुको खोजी गरिएको बताए । शुक्रवार दिउँसो जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ५ महावीर चौकको सडकको विभिन्न ठाँउमा स्थानियले पैसा देखेपछि प्रहरीलाई खवर गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News