अपडेट 
२०७७ बैशाख ७, आईतवार १०:१३

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ शिवचौक बस्ने कल्याण कुमार कर्ण बच्चाका लागि दुध लिन गएको बेलामा प्रहरीले निर्घात रुपमा कुटपिट गरेको छ ।


कर्णले आफ्नो फेसबुक सञ्जालमा भिडियो राखेर न्यायका लागि जिल्ला प्रशासन कार्यालय, प्रदेश २ का सरकार सहितका निकायलाई गुहारेका छन् ।

उनले फेसबुक सञ्जालमा ‘लकडाउनको पालना सबैलाई गर्नुपर्छ । लकडाउन हाम्रै लागि हो बुझ्नु पर्छ । तर दूध लिन जाँदा यसरी निर्ममता पूर्वक कुटपिट गर्नु कहाँको न्याय हो’ भनेका छन् ।


उनले अगाडि थपे ‘कदमचौकबाट दूध लिएर आउँदा प्रहरीले मलाई रोके र सोधे, तिमी कहाँबाट आउँदै छौ । मैले भने बच्चाका लागि दुध लिएर शिवचौक जाँदैछु । त्यति सुन्दै प्रहरीले लठ्ठीबाट कुटपिट गर्न थाल्यो । सडकमै सुताएर कुटपिट गर्यो’ उनले रुदै आफनो बयान राखेका छन् ।


कोरोना भाइरसबाट लड्नका लागि प्रहरी आफ्नो ज्यान जोखिममा राखेर सर्वसाधारण नागरिकलाई सचेत गराई रहेका छन् । सरकारले लकडाउनको पालनाका लागि पटकपटक आग्रह पनि गरेकै हो ।

तर अति आवश्यक वस्तु ल्याउँदा केही नगर्न प्रहरीलाई निर्देशन दिंदा पनि यसरी निर्ममता पूर्वक कुटपिट गर्नु उचित नभएको स्थानीयहरुको कथन रहेको छ ।
कर्णलाई प्रहरीले खुट्टा र हाथ लगायतमा लट्ठी प्रहर गरेका छन् ।

Comment


Related News

Latest News

Trending News