अपडेट 
२०७७ बैशाख ७, आईतवार १०:५३

सप्तरी। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रदेश २ का सचिव सुमनराज प्याकुरेलले पैदल यात्रीलाई लक्षित गर्दै प्रदेश २ को कम्तीमा तीन ठाउँमा खाना खुवाउने व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलसँग टेलिफोन सम्वाद गर्दै मुख्य तीन ठाउँमा खाना खुवाउने व्यवस्था मिलाउन प्याकुरेलले आग्रह गरेका हुन् ।

दैनिक ज्याला मजदुरी गरेर खाने व्यक्तिहरु काठमाडौंबाट पैदलै आफ्नो गन्तव्यतर्फ आइरहेको बताउँदै बाटोमा खाना समेत नपाउँदा उनीहरुलाई अझ समस्या भोग्नुपरेको राष्ट्रिय सभा सदस्य समेत रहेका प्याकुरेलको भनाई छ ।

प्याकुरेलले बाराको पथलैया, महोत्तरीको बर्दिवास र सप्तरीको कोशी व्यारेजमा पैदल यात्रीका निम्ति खानाको व्यवस्था गर्न प्रदेश सरकारसँग आग्रह गरेका हुन् । उनले पैदल यात्रुको स्वास्थ्य जाँचको व्यवस्था मिलाउन समेत अनुरोध गरेको बताए ।

Comment


Related News

Latest News

Trending News