२०८१ चैत्र २०, बुधबार १५:२४

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले दिएको अधिकार प्रयोग गर्दा लोकतान्त्रिक संस्कार र संस्कृति बिर्सन नमिल्ने बताएका छन् ।

बुधबार काठमान्डौमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठूलो हुने र संविधानको व्यवस्था, मर्म र भावना भुले नेपाली जनतालाई स्वीकार्य नहुने बताए । संविधानले दिएको अधिकार प्रयोग गर्दा त्यही संविधानले अपेक्षा गरेको लोकतान्त्रिक संस्कृति र संस्कार बिर्सन नमिल्ने उनको तर्क छ ।

संविधानले प्रत्येक नागरिकलाई आफ्नो असहमति राख्ने अधिकार प्रदान गरेको र संघीय लोकतान्त्रिक गणतन्त्रको यो सर्वाधिक सुन्दर पक्ष भएको राष्ट्रपतिले बताए ।

स्वतन्त्रताका नाममा हुने हिंसा, तोडफोड, आगजनी र लुटपाट सर्वदा निषेधित रहेको उनले प्रष्ट पारे । शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा भएको घटनाको क्रममा भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै दुईजनाको निधनप्रति राष्ट्रपतिले दु:ख जनाए ।

राष्ट्रपति पौडेलले प्रविधिको विकाससँगै सामाजिक सञ्जाल र प्रसारणका अनेक माध्यम भित्रिएको उल्लेख गर्दै नागरिक पत्रकारिताको पक्ष पनि उत्तिकै सबल बनेको बताएका छन् ।

Comment


Related News

Latest News

Trending News