२०८१ चैत्र २२, शुक्रबार १२:४९

प्रधानमन्त्री केपी शर्मा ओली आगामी मंगलबार मधेश प्रदेशसभामा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री ओली सबै प्रदेशको प्रदेशसभामा सम्बोधन गर्ने कार्यक्रम अनुसार मधेश प्रदेशसभामा समेत सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

सभामुख रामचन्द्र मण्डलले चैत २६ गते मंगलबारका लागि सम्बोधन गर्ने कार्यक्रम तय भएको बताए। सभामुख मण्डलले प्रदेशसभामा रहेको अवरोधपनि त्यसअघि नै हटने बताए। उनले भने, ‘छलफल अब निष्कर्षमा पुग्न थालेको छ।

प्रधानमन्त्री ओली मधेश प्रदेशसभामा दोस्रो पटक सम्बोधन गर्न लागेका हुन्। उनले यसअघि २०७५ साल भदौ २ गते प्रदेशसभामा सम्बोधन गरेका थिए।

Comment


Related News