२०८१ चैत्र २४, आईतवार १३:२६

सुनको भाउ आज एकैदिन तोलामा एक हजार नौ सय रुपैयाँले घटेको छ ।

सुनको भाउ एक हजार नौ सय रुपैयाँले घटेर आज तोलाको एक लाख ७४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको बिहिवार अहिलेसम्मकै उच्च एक लाख ८० हजार तीन सय रुपैयाँ पुगेको सुनको भाउ अस्ति शुक्रवार तीन हजार नौ सय रुपैयाले घटेर तोलाको एक लाख ७६ हजार चार सय रुपैयाँमा झरेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ७० रुपैयाँले घटेर आज तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्ले जनाएको छ । अस्ति शुक्रवार चाँदी तोलाको एक हजार आठ सय ७० रुपैयाँ थियो ।

 

 

Comment

Related News

Latest News

Trending News