अपडेट 
२०७७ बैशाख ८, सोमबार १२:०३

कैलाली । सुसुदूरपश्चिम प्रदेशमा अहिलेसम्म २ हजार ५ सय ७८ जनाको ब्लड, स्वाब संकलन गरिएकोमा ५ जनामा कोरोना भाइरस पोजेटिभ रिपोर्ट आएको छ ।

यसैगरी, २ हजार ५ सय १ जनाको नेगेटिभ रिपोर्ट आएको छ । सुसुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले धनगढीमा कोरोना भाइरसको मिडिया व्रिफिङ्गमा सो जानकारी दिएको हो ।

पाजेटिभ रिपोर्ट आएका ५ जनामध्ये एक जना निको भएर घर गइसेकेका र बाँकी ४ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जानकारी दिइएको छ । यसैगरी, कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुसुदूरपश्चिम प्रदेशले चैेत्र महिना अवधिभर भारतबाट आएका नेपालीको आरडीटीद्धारा चेकजाँच गर्ने पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले चैत महिना अवधिभर भारतवाट आएका नेपालीको डाटा संकलन गरी चेकजाँच सुरु गरिने जानकारी दिएको छ । उनीहरुको विवरण संकलनमा सहयोग गर्न स्थानीय निकायलाई जिम्मा दिएको छ । अझै सुसुदूरपश्चिम प्रदेशमा १ हजार एक सय ९६ आरडिटी किट स्टक रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस प्रदेशको ९ वटै जिल्लामा आरडिटीवाट चेकजाच शुरु भइरहेको र ५ हजार ५ सय ७९ जनाको चेकजाँच गर्दा ५ हजार ५ सय ७७ जनाको रिपोट नेगेटिभ आएको डा. भुषण मिश्रले बताए । जसमध्ये १ जनामा आरडीटी गर्दा पोजेटिभ र पिसिआर गर्दा नेगेटिभ आएको समेत उनले बताए ।

Comment


Related News

Latest News

Trending News