२०८१ चैत्र २८, बिहीबार १३:४३

नेपाल बार एशोसिएसनको अध्यक्षमा विजयप्रसाद मिश्र निर्वाचित भएका छन्।

बिहीबार आएको मतपरिणामअनुसार वरिष्ठ अधिवक्ता मिश्र पाँच हजार ५२ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

नेपाल बार एशोसिएसनमा नेपाली कांग्रेस र नेकपा (एमाले) निकट कानुन व्यवसायी संगठन तथा नेकपा (माओवादी केन्द्र) र रास्वपानिकट कानुन व्यवसायी संगठनबीच गठबन्धन थियो।

कांग्रेस-एमाले गठबन्धनबाट अध्यक्षमा मिश्रसहित प्यानल नै निर्वाचित भएको हो।

अध्यक्षमा माओवादी-रास्वपा गठबन्धनका उम्मेदवार रमनकुमार श्रेष्ठले दुई हजार छ सय २१ मत ल्याएका छन्।

कांग्रेसनिकट कानुन व्यवसायीहरूले अध्यक्षसहित १२ पद र एमालेनिकट कानुन व्यवसायीहरूले महासचिवसहित १२ पदमा उम्मेदवारी दिएका थिए।

महासचिवमा केदारप्रसाद कोइराला निर्वाचित भएका छन्। उनले ४८७४ मत ल्याए। उनका प्रतिस्पर्धी यज्ञमणि न्यौपानेले २३६७ र हरिशरण कार्कीले २४० मत ल्याएका छन्।

489912739_1320979115831339_7013267558121799301_n-1744270369.jpg490292591_1320979072498010_1580906230695505488_n-1744270369.jpg

 

Comment


Related News

Latest News

Trending News