अपडेट 
२०७७ बैशाख ८, सोमबार १४:१९

विराटनगर । भारतसँग सिमा जोडीएको र कोरोना संक्रमणको उच्च जोखिममा रहेको मोरगंको विराटनगरमा र्यापिड डाइनेस्टिक टेष्ट (आरडीटी) कीट अभाव भएको छ । कीट अभावका कारण कोरोना परीक्षण नै रोकिएको विराटनगर महानगरपालिकाले जनाएको छ । विराटनगर महानगरपालिकाका प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेलले चार दिनअघिबाट सुरु भएको यो प्रविधिको परीक्षण नै रोक्नुपरेको बताए ।

‘पर्याप्त कीट नहुँदा परीक्षण नै रोक्नुपरेको छ । प्रदेश सरकारसँग भनिरहेका छाँै । तर उपलव्ध नभएकाले रोक्दै काम गर्नुपरेको छ’, अधिकृत पोखरेलले भने, ‘हाम्रो महानगरभित्र ५ सय कीट चाहिने अनुमानसहित टेस्ट गर्न थालेका थियौँ । अहिलेसम्म १९८ जनाको परीक्षण भएको छ सवैको नतिजा नेगेटिभ आएको छ तर अब बाँकी अझै ५ सयको हाराहारीमा परीक्षण गर्नुपर्नेछ तर त्यो टेस्ट गर्न कीट नै छैन । ’

त्यस्तै महाानगरपालिकाका ल्याव टेक्निसियनले प्रयोग गर्ने एन ९५ माक्स समेत अभाव भएको उनले बताए । उनले महानगरपालिकाका २ जना टेक्निसियन र अरु दुईजना हायर गरेर ल्याइएका टेक्निसियनले प्रयोग गर्ने माक्स अभावले पनि समस्या भएको उनको गुनासो छ । विराटनगरको जोगमनी नाकाबाट मात्रै दैनिक ८० देखि सयवटा ढुवानीका सवारी साधन भित्रने र ति सवारीसाधनमा दुई व्यक्ति हुनेहुदा उनीहरुको अनिवार्य परीक्षण गर्नुपर्ने हुन्छ । त्यस्तै १९ वडा रहेको महानगरपालिकामा चारवटा वडाबाट आरडीटी टेष्ट सुरु गरेकोमा कीट अभावले रोकिएको छ । तर कीट अभाव भएपछि नाका नै बन्द गर्नुपर्ने अवस्था आउन लागेको अधिकृत पोखरलेले बताए ।

केन्द्र सरकारले प्रदेश सरकारमार्फत स्थानीय तहहरुलाई यस्ता उपकरण उपलव्ध गराउदै आएको छ । तर सरकारले र्यापिड डाइनेस्टिक टेस्टमार्फत कोरोना परीक्षणकोे दायरा बढाउदै लैजाने दावी गरिरहेका बेला उच्च जोखिम मानिएको क्षेत्रमा नै कीट अभाव भएपछि त्यस क्षेत्रका जनताले सरकारलाई आवश्यक व्यवस्था गरिदिन आग्रह गरेका छन् । प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्य उपकरण अभाव हुनसक्ने भन्दै त्यसतर्फ प्रदेश सरकारको ध्यान गएको बताए । उनले प्रदेश सरकारले प्रदेशभर ५ हजार कीट वितरण गरेको भन्दै कतिपय स्थानमा प्रयोग नभएका कीट फिर्ता गर्न पत्राचार गरिएको बताए । विराटनगर महानगरपालिकाको हकमा आफुले के कति आवश्यक्ता भएको हो बुझेर समस्या समाधान गर्न लागि पर्ने बताए ।

Comment


Related News

Latest News

Trending News