अपडेट 
२०७७ बैशाख ८, सोमबार १५:०७

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ ।

बैठकले कोरोना विरुद्धका जारी लकडाउनलाई थप प्रभावकारी बनाउनेलगायतका निर्णयहरु भएको जनाइएको छ ।

सो सम्बन्धमा केही बेरमा पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिइने सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

बालुवाटार स्रोतका अनुसार बैठक केहीबेर अघि सकिएको हो । मन्त्रिपरिषदको बैठक सकिए लगत्तै मन्त्रीहरु सिंहदरवारमा पुगिसकेका छन् ।

Comment


Related News

Latest News

Trending News