
जनकपुरधाम उपमहानगरपालिकाले निजी विद्यालयहरूमा प्रयोग हुने पाठ् यपुस्तकमा एकरूपता कायम गर्न लिएको निर्णयलाई लिएर पुस्तक व्यवसायी महासंघमा विवाद उत्पन्न भएको छ ।
पुस्तक व्यवसायी महासंघका अध्यक्षलगायतका एक समूहले जनकपुरधाम उपमहानगरपालिकाले पुस्तकमाथि सिन्डिकेट कायम गर्न खोजेको भन्दै घोर भत्र्सना गरेको थियो । तर सहसचिव नेतृत्वको एक समूहले भने उपमहानगरको कार्यलाई स्वागत गरेको थियो । जसले गर्दा पुस्तक व्यवसायी महासंघको विवाद सतहमा आएको छ ।
निजी विद्यालयहरूले मनपरी ढंगले पाठ्यपुस्तक छनोट गरिरहेको र त्यसले बजारमा अनियन्त्रित प्रतिस्पर्धा, अभिभावकमाथि आर्थिक भार र विद्यार्थीमा पाठ् यक्रमगत असमञ्जसको स्थिति सिर्जना भइरहेको बेला उपमहानगरपालिकाले ‘एकीकृत पाठ्यपुस्तक सूची’ सार्वजनिक गर्दै यस्तो अभ्यासलाई अन्त्य गर्न खोज्नु प्रशंसनीय गरिएको एक पक्षको दाबी छ ।
पुस्तक व्यवसायी संघका सहसचिव बजरंग यादवले जनकपुरधाम उपमहानगरपालिका शिक्षा शाखाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पाठ्यपुस्तक विवरण–सूची हामी व्यवसायीहरूका लागि मात्र नभई सम्पूर्ण शैक्षिक क्षेत्रका हितधारीहरूका लागि स्वागतयोग्य र समयानुकूल निर्णय गरेको दाबी गरे ।