अपडेट 
२०७७ बैशाख ९, मंगलवार ०१:१७

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाले मनोमानी किसिमले गरीबभन्दा धनीलाई राहत बितरण गरेको भन्दै स्थानीय अगुवाहरुले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् ।

करिब तीन दर्जन व्यक्तिले सोमबार जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाउँदै भेदभाव पूर्ण ढँगले राहत बितरण गरिएको बताएका छन् । प्रदेश सरकार तथा जिल्ला प्रशासन कार्यालयले गरेको परिपत्र विपरित दलहरुलार्य समेत कुनै किसिमको जानकारी नदिई हुनेखानेलाई मात्रै राहत दिएको ध्यानाकर्षण पत्रमा जनाइएको छ ।

ध्यानाकर्षण पत्रमा राहत बितरण गर्दा परिपत्रप्रति कुनै किसिमको ध्यान नदिएको, ५ किलो दिएको भनिएपनि ४ किलो मात्रै पाइएको, संघीय सांसदले आफ्नो कोषबाट दिएको रकम यो नगरपालिकाबाट खर्च गर्न नचाहेको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News