२०८२ बैशाख ५, शुक्रबार ०७:१८

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् का अध्यक्ष शीतल साहले किर्ते हस्ताक्षर गरेको आरोप लागेको छ ।

परिषद्का कार्यकारी निर्देशक वैद्यनाथ पासवानले अध्यक्ष साहले आफ्नो किर्ते हस्ताक्षर गरी कर्मचारी निलम्बन गरेको बताए पछि सो रहस्य खुलेको छ । वितेको चैत २७ गते कार्यकारी निर्देशक पासवानले जिल्ला प्रशासन कार्यालय धनुषामा अध्यक्ष साहले किर्ते हस्ताक्षर गरी चारजना कर्मचारीलाई निलम्बन गरेको उजुरी दिएका थिए । सो उजुरी प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालय धनुषामा पठाए पनि हालसम्म भने दर्ता नगरिएको भन्दै कार्यकारी निर्देशक पासवानले गुनासो गरेका छन् ।

कार्यकारी निर्देशक पासवानले भने, ‘मेरो हस्ताक्षर किर्ते गरेको भनेर जिल्ला प्रहरी कार्यालय धनुषामा जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिँदा पनि प्रहरीले दर्ता नगरी आलटाल गरिरहेको छ ।’ उनले भने, ‘किर्ते हस्ताक्षर गरी चार जना कर्मचारीलाई निलम्बन गरेको छ, तर मैले चार जनालाई नै डिउटी गराइरहेको छु ।’ किनभने अध्यक्ष पदको दुरुपयोग गर्दै शीतल साहजीले मेरो हस्ताक्षर किर्ते गरेर जालसाजी र ठगी गर्ने काम गरेको छ, जुन सह्य छैन ।’ उनले अघि थप्दैँ भेन, केही दिन अघि उच्च अदालत जनकपुरमा पनि अध्यक्ष साहले मेरो हस्ताक्षर किर्ते गरेको भनेर प्रष्ट गरेको छु ।’

निलम्बित चारै जना जना कर्मचारी परिषद्को कार्यालयमा हाजिरी गरिरहेका छन् । केही महिना अघि परिषद्की लेखा अधिकृत सावित्री गिरिले उच्च अदालत जनकपुरमा अध्यक्ष शीतल साहविरुद्ध उजुरी दिँदा अध्यक्ष साहले कार्यकारी निर्देशक पासवानको हस्ताक्षर किर्ते गरी निलम्बन गरेको भनि अदालतमा पत्र दिएका थिए । सो क्रममा कार्यकारी निर्देशक पासवानले उच्च अदालतमा अध्यक्ष साहले आफ् नो हस्ताक्षर नै किर्ते गरेको भनि बताएका थिए ।

किर्ते हस्ताक्षरबाट लेखा अधिकृत सावित्रि गिरिलगायत चारजनालाई निलम्बन पत्र थमाएका थियो । दुई आर्थिक वर्षदेखि परिषद् को सम्पूर्ण कामकाज नै ठप्प रहे पनि अध्यक्ष साहकै कारणले परिषद् पटक पटक विवादित बन्दै आइरहेको छ । नेकपा एकीकृत समाजवादीको कोटाबाट परिषद् को अध्यक्ष बने पनि फेरिएको राजनीतिक समीकरणसंगै उनी नेकपा एमालेमा प्रवेश गरी अध्यक्ष पद जोगाउन सफल भए । तर दुई वर्षदेखि सम्पूर्ण कामकाज नै ठप्प हुँदा पनि उनी किर्ते हस्ताक्षर, कर्मचारीमाथि दुव्र्यवहार, आर्थिक अनियमतिता, अपारदर्शीताजस्ता कतुर्तहरु गरी कर्मचारीको नै मानमर्दन गर्दै आइरहेको आरोप उनीमाथि लागिरहेको छ ।

Comment


Related News

Latest News

Trending News