अपडेट 
२०७७ बैशाख ९, मंगलवार ०९:१०

सिरहा । सिरहा जिल्लाको कर्जनहा नगरपालिका वडा नम्बर ११ बगहामा दुई पक्ष बिच भयंकर झडप भएको छ।

आइतबार करिब ९ बजे रातिको समयमा शिव नारायण महतो र रामचन्द्र कापर पक्ष बिच भयंकर झडप हुदा ११ जना घाइते भएको हो।

कापर पक्षले गाउँ गाउँको मुख्य प्रवेश दोवारमा ढाठ लगाएको कारण महतो पक्षले बिरोध गर्दा तिनीहरु बिच भयानक झडप भएको वाड अध्यक्ष कपिल यादवले बताए ।साथै यादवले भने पहिले महतो पक्षले नै झगडा गर्न खोजेको बताएका छ्न।

झडपमा घाइते हुने शिव नारायण महतो सहित ७ जना रहेको जस मध्य ४ जनालाई थप उपचारको लागि धरान पठाएको तेस मध्य २ जना अवस्था गम्भीर रहेको छ भने ३ जनालाइ फुलकुमारी महतो मेमोरियल अस्पताल कर्जनहामा उपचार भैरहेको छ । तेसतै रामचन्द्र कापर सहित ४ जना घाइते भएका र उनिहरुलाइ थप उपचारको लागि बिराटनगर पठाएको ईलाका प्रहरी कार्यलय मिर्चैयाका प्रहरी निरीक्षक रामेस्वर पण्डितले जानकारी दिए ।

यता सोहि गाउकै एक समाजसेवी डा. रामकुमार महतोले भने ढाठ लगाउनु राम्रो हो तर गाउँको सहमतिमा नत्र सम्पुर्ण युवाको सहमतिमा तर याहा व्यक्तिगत रुपले गाउँको रोडमा ढाठ लगाउनु स्थानीय बासी लाई पनि नजान दिनु किसान लाई काम गर्न जादा अबुरोध पुर्याउनु जस्तो कार्य कापर पक्षले गरेका छ्न । तेसतो अव्यावहारिक कार्य गरेकोमा हामिले बिरोध गर्दा हामीलाई षड्यन्त्र बनाएर धारिलो हातहतियारले आक्रमण गरि घाइते बनाएको महतोले बताए । साथै डा. महतोले भने अहिले कोभिड-१९ को कारण सरकारले लकडाउन लगाएको छ । तेसै कारण सरकारले गरिब बिपन्न परिवारहरुको लागि राहतको व्यवस्था गरिएको छ । वाडा भित्र सर्वदलीय समेती बनाइ राहत वितरण गर्ने विधि रहेको र त्यो समेतीमा आफू पनि रहेको र आफुले गरिब बिपन्न परिवारको नाम मात्र लेखेको तर कापर पक्षले आफू माथी आफ्नो आफ्नो मान्छे लाई मात्र राहत दिएको समेत कापर पक्षले आरोप लगाएको छ । जबकी म आफ्नो गरिब बिपन्न परिवारलाई २० किलो राहत सहयोग गरेको डा. महतोले बताए ।

यता वडा अध्यक्ष यादवले राहत सम्बन्धि विवाद नभएको वताएको छ।

सोही घटना बारे थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यलय मिर्चैयाले जनाएको छ।

Comment


Related News

Latest News

Trending News