२०८२ बैशाख १०, बुधबार १४:०७

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा दुई देशका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ।

राष्ट्रपतिको कार्यालयद्वारा बुधबार जारी विज्ञप्तिअनुसार शनिल नेपाललाई गणतन्त्र माल्टाका लागि नेपाल सरकारको गैर आवासीय राजदूत पदमा नियुक्त गरिएको छ। त्यस्तै, प्रा. डा.धनप्रसाद पण्डितलाई गणतन्त्र साइप्रसका लागि नेपाल सरकारको गैरआवासीय राजदूत पदमा नियुक्त गरिएको जनाइएको छ ।

Comment


Related News