अपडेट 
२०७७ बैशाख ९, मंगलवार १४:१५

मेलम्ची  सिन्धुपाल्चोकमा पनि एक जनामा आरडिटी पोजेटिभ भएको पाइएको छ ।

जुगल गााउँपालिका–७ का ३२ वर्षीय पुरुषमा आरडिटी पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंका अनुसार ती व्यक्तिको स्वाब परीक्षणका लागि धुलिखेल अस्पताल पठाउने तयारी गरिएको छ ।

काठमाडौँबाट घर फर्केका ३९ जनाको परीक्षण गरिएकामा एउटा रिपोर्ट पोजेटिभ पाइएको हो । भक्तपुरबाट ४१ जुगल आइपुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

काफ्लेका अनुसार भोटेकोशी गाउँपालिकाको सामग्री बोकेको गाडीमार्फत उनीहरु भक्तपुरबाट घर फर्किएका हुन् । RSS

Comment


Related News

Latest News

Trending News