२०८२ बैशाख १३, शनिबार ०७:५७
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले चेकजाँचको क्रममा लाखौंको भन्सार छलीको सामान सहित ३ थान मोटरसाईकल र ४ साईकल बरामद गरेको छ ।
सीमावर्ती भारतीय बजारबाट करिदगरी भित्रयाइँदै गरेको तिनलाख १९ हजार ४५० रुपैयाँ बराबरको कपडा, किराना, कस्मेटिक्स सहित उक्त सवारी साधन जिल्ला प्रहरी तथा मातहतबाट गएको गस्ती टोलीले बरामद गरेको जिल्ला प्रहरीका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले बताएका छन् । बरामद सामान सहित सवारी साधन आवशयक कारवाहीको लागि शुक्रवार जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।



