अपडेट 
२०७७ बैशाख ९, मंगलवार १८:२२

काठमाडौँ। स्वास्थ्य मन्त्रालयले हालसम्म कोरोना भाइरसको ३६ हजार ७ सय १९ वटा कुल परीक्षण भएको जनाएको छ।

पिसिआरबाट ८ हजार ७ सय ६३ जनाको कुल परीक्षण भएको हो जसमा गत चौबीस घन्टामा ३३३ जनाको परीक्षण भएको जनाइएको छ।

र्‍यापिड टेस्टबाट २७ हजार ९ सय ५६ जनाको परीक्षण भएको हो जसमा गत चौबीस घन्टामा २ हजार ८ सय ८ जनाको परीक्षण भएको हो।

स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन्।

यस्तै हाल देशभर ७ हजार ६७ जना क्वारेन्टाइनमा रहेको उनको भनाइ छ।

आइसोलेसनमा भने कुल १ सय ७ जना रहेको जसमा उपत्यकाभित्र ६ जना र उपत्यका भित्र १०१ जना रहेको उनले जानकारी दिए। रेडजोनमा भने देशभर २ सय ६७ जना रहेको उनले बताए।

Comment


Related News

Latest News

Trending News