२०८२ बैशाख २२, सोमबार १२:१५
आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ ।
सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८४ हजार एक सय रुपैयाँ रहेकाे थियो ।
यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदीको भाउ आज पनि हिजोजस्तै ताेलाकाे एक हजार नौ सय १० रुपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएको छ ।


