२०८२ बैशाख २५, बिहीबार १२:४९

रास्वपा सांसद मनिष झाले जनकपुरधाममा खेलकुद मैदानका लागि आन्दोलन गर्ने चेतावनी दिएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै लक्ष्मणकुटीको नाममा रहेको १७ बिगा जमिन जसको डीपीआर गरेर साढे दुई अर्बको अन्तर्राष्ट्रिय रंगशालाको परिकल्पना गरेको भएपनि अहिले बिचौलियाको चलखेल भएको हुनसक्ने बताए।

उनले भने, ‘नेपालको राजनीतिक इतिहासमा अहिलेसम्म यो कुरा सुनेका छैनौँ कि खेलकुद मैदानका लागि आन्दोलन भयो। तर, जनकपुरधाममा खेलकुद मैदानका लागि आन्दोलन गर्दैछौँ। लक्ष्मणकुटीको नाममा रहेको १७ बिगा जमिन जसको डीपीआर गरेर साढे दुई अर्बको अन्तर्राष्ट्रिय रंगशालाको परिकल्पना पनि भयो। खेलकुद परिषद्ले गुठी संस्थानलाई वार्षिक ९ लाख तिर्दथ्यो तर, खै के प्रलोभनले हो त्यसको भाडा एक्कासि ९ लाखबाट ४९ लाख ६० हजारमा बढाइयो।’

Comment

Related News

Latest News

Trending News