२०८२ बैशाख २८, आईतवार १३:१५

आम जनता पार्टीका अध्यक्ष एवं एक मात्र सांसद प्रभु साहले सरकारको नीति तथा कार्यक्रम मधुमेहको बिरामीलाई उल्टै मिठाइ खुवाइदिएको जस्तो नीति तथा कार्यक्रम आएको टिप्पणी गरेका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै भने, ‘प्रस्तुत नीति तथा कार्यक्रमका सन्दर्भमा एक शब्दमा भन्नुपर्दा- डायबिटिज (मधुमेह)को बिरामीलाई मिठाइ खुवाइदिएको जस्तो मैले अनुभव गरिरहेको छु।’

राज्यका उच्च ओहोदामा बस्नेले खुलेआम लुट्ने र भ्रष्टाचार गरेको पैसा विदेशमा पठाउने अहिलेको प्रवृत्ति रहेको भन्दै साहले नीति तथा कार्यक्रम त्यसलाई रोक्नु भन्दा उल्टोगरी आएको समेत आरोप लगाए।

‘आउनुपदथ्र्यो नीति तथा कार्यक्रम ती लुट, भ्रष्टाचारको पैसा, कालोधन रोक्छौँ र फिर्ता ल्याउँछौँ,’ उनले भने, ‘त्यसरी प्रतिबद्धता हुनुपर्दथ्यो। नीति आउनुपर्दथ्यो। तर, दुरभाग्य त्यसको ठ्याक्कै उल्टो– खुलेआम लानुहोस्, आरामसँग लानुहोस् भनेजस्तो नीति तथा कार्यक्रम देखिन्छ।’

Comment


Related News

Latest News

Trending News