अपडेट 
२०७७ बैशाख १०, बुधबार १०:५०

मलंगवा । सर्लाहीको बागमती नगरपालिका–५ राजघाट प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक(असई) बिकारु मण्डललाई स्थानीय युवाले कुटपिट गरेका छन् ।  मंगलबार राति राजघाटमा लकडाउन उल्लंघन गरी जम्मा भएका युवालाई सम्झाउँर्दा  असई मण्डलमाथि युवाहरुले दुव्र्यवहार गर्नुको साथै हातपात गरेको प्रहरीको भनाइ छ।

युवाहरुको कुटपिटबाट समान्य घाइते भएका असई मण्डलको हरिवनस्थित नमूना अस्पतालमा उपचार भइरहेको छ । उनको  अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुवँरले जानकारी दिए। 

घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको कुँवरले बताए। उनीहरुलाई अहिले इलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा राखी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

Comment


Related News

Latest News

Trending News