२०८२ जेष्ठ २, शुक्रबार १२:४८

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले निषेधको राजनीति गर्न खोजेको आरोप लगाउनुभएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै लिङदेनले संविधानको समेत उल्लंघन गर्दै सरकारले निषेधको राजनीति गर्न खोजेको आरोप लगाउनुभएको हो । उहाले फरक विचार भएकै कारणले रवीन्द्र मिश्रलगायत आस्थाका बन्दीहरुलाई अपमानपूर्ण ढंगले थुनामा राखिएको भन्दै आपत्ति जनाउनुभयो । त्यस्तै लिङ्देनले राप्रपा सम्बद्ध युवा प्रजातान्त्रीक संघका केन्द्रीय अध्यक्षलाई साइबर ब्युरोले पक्राउ गरिएको र सरकार निषेधमा उत्रिएको उल्लेख गर्नुभयो । फरक बिचार राखेकै आधारमा निषेध गर्दै लैजाने औपचारिक नीति सरकारको हो भने आफुहरु विद्रोहमा जाने उहाले बताउनुभयो ।

उहाले सरकारको कदम मानवअधिकार र संविधान विरुद्धका साथै प्रजातान्त्रीक हक अधिकारको विरुद्ध रहेको जिकिर गर्दै घोर भत्र्सना गर्नुभयो ।

Comment


Related News