अपडेट 
२०७७ बैशाख १०, बुधबार १४:०८

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशैपिच्छे सांसदलाई बालुवाटार बोलाएर छलफल सुरु गरेका छन्। उनले राजधानीमा संघीय सांसदलाई प्रदेशगत आधारमा समूह–समूह बोलाई सरकारले जारी गरेको अध्यादेशका बारेमा छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

छलफलमा  नेकपामा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी छन्।  नेकपाका सांसदलाई मात्रै छलफलमा बोलाएका प्रधानमन्त्री ओलीले सूदुरपश्चिमका सांसदसँग छलफल गरेपछि १ बजे राष्ट्रिय सभाका सांसदलाई बोलाइएको छ। 

त्यसैगरी ४ बजे प्रदेश ५ का सांसदलाई बोलाइएको छ।  प्रधानमन्त्री ओलीले सरकारले भर्खरै ल्याएको अध्यादेशबारे पार्टीका सांसदको धारणा बुझ्न चाहेका हुन्। 
 
‘पार्टी स्थापना दिवसको अवसरमा बालुवाटारमा संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरूसँग प्रदेशस्तरीय समूहमा छलफल गरिरहनु भएको छ’, प्रेस सल्लाहकार थापाले भने, ‘सुदूरपश्चिम प्रदेशबाट सुरु भएको छलफल प्रदेश नं १ र बागमती प्रदेश हुँदै क्रमशः सातवटै प्रदेशका सांसदसँग आज र भोलिसम्म गरिनेछ।’

थापाका अनुसार भर्खरै जारी अध्यादेश र कोरोना भाइरसविरूद्दको लकडाउनलगायतका विषयमा सांसदलाई स्पष्ट गर्न यसरी छलफल गरिएको हो।  

Comment


Related News

Latest News

Trending News