२०८२ जेष्ठ ३, शनिबार ०७:३३

सप्तरीमा करिब एक महिना अघि एक दलित किशोरीको मृत्यु प्रकरणमा आठ जनाको पोलिग्राफि परीक्षण हुँदा पनि सत्यतथ्य पत्तो लाग्न सकेको छैन । घरदेखि एक किलोमिटर टाढा पातपतिंगरले छोपिएको अवस्थामा मृत फेला परेकी दलित किशोरी सप्तरीकी मृत्युको कारण रहस्यमयी बन्दै गएको छ ।

गत वैशाख २ गते बिहान सुरुंगा नगरपालिका–७ की ती किशोरीको मृत शरीर पातपतिङ्गरले छोपेको अवस्थामा फेला परेको थियो । साढे तीन वर्षअघि यौन हिंसामा परेकी ती किशोरी फेरि यौन हिंसामा पर्ने डरले विद्यालय समेत जान छाडेकी थिइन् । २०७८ साल मंसिर १४ गते उनीमाथि बलात्कारको प्रयास भएको थियो । किशोरीको मृत शरीर गत वैशाख २ गते घरदेखि एक किलोमिटर टाढा फेला परेपछि प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान शुरु गरिएको थियो ।

किशोरीको शंकास्पद मृत्यु भएपछि प्रहरीले अनुसन्धानका लागि केहीलाई नियन्त्रणमा लिएर छानबिन गरेको एक महिना वित्दासमेत मृत्युको कारण र संलग्नको पहिचान खुल्न सकेको छैन ।

सप्तरीका एसपी ढकेन्द्र खतिवडाले भने, ‘शंकास्पद आठ जनाको पोलिग्राफ परीक्षणसमेत गरायौँ, तर पोलिग्राफ परीक्षणमा घटनामा संलग्नता खुलेन ।’ शंकास्पद र परिवारकै केही सदस्यसमेत गरी आठजनाको पोलिग्राफ परीक्षण गरिएको उनको कथन छ । घरवाटै राति बेपत्ता भएकी किशोरीको शव बिहान फेला परेको थियो । हत्या भएको भन्दै उनकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा ज्यानसम्बन्धी कसूरमा जाहेरी दिएकी छन् ।

Comment


Related News