२०८२ जेष्ठ ३, शनिबार १५:०२

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ स्थित रमदैयामा रहेको वान्डरल्याण्ड वाटरपार्कमा झडपसँगै तोडफोड भएको छ । सो क्रममा प्रहरीले केही राउण्ड आश्रु सेलका साथै हवाइ फायर पनि गरेको छ ।

कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरूको लागि आयोजित कृष्णा फाउन्डेसनको कार्यक्रममा सहभागी हुन आएका विद्यार्थी र पार्क व्यवस्थापन तथा प्रहरीबीच झडप भएको हो ।

विवाद बढ्दै गएपछि केही विद्यार्थीहरूले ढुङ्गामुढा गरेका थिए। झडपपछि पार्कमा तोडफोडसमेत भएको जनाइएको छ ।

स्थिति तनावग्रस्त बनेपछि सुरक्षाका लागि खटिएको प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ । हाल स्थिति नियन्त्रणमा रहेको तर तनाब कायमै रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News