२०८२ जेष्ठ ५, सोमबार १२:५१

आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर-३ को खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपाल विश्व छनोटमा पुगेको छ।

सोमबार थाइल्यान्डमा भएको खेलमा नेपालले महत्वपूर्ण खेलमा जित निकालेपछि सुपर-३ को शीर्ष दुई स्थान पक्का गरेको हो।  यससँगै नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक विश्व छनोट खेल्न भएको हो।

अब नेपालले यसै वर्ष विश्व छनोट खेल्नेछ। विश्व छनोटमा १० टोली भिड्नेछन्। १० मध्ये चार टोली सन् २०२६ मा इंग्ल्यान्डमा हुने आइसिसी महिला टी-२० विश्वकपमा छनोट हुनेछन्।‍

सोमबार युएईले दिएको ११५ रनको लक्ष्य नेपालले ३ बल खेल्न बाँकी छदा ५ विकेट गुमाएर पूरा गर्‍यो।  नेपालको जितमा कप्तान इन्दू बर्माले नटआउट ३० रन जोडिन्। उनले २८ बलमा २ चौका प्रहार गरिन्। अलराउन्डर रुबिना क्षेत्रीले १८ बलमा जोडेको २३ रन नेपालका लागि महत्वपूर्ण सावित भयो।

त्यसअघि नेपालका लागि ओपनर सम्झना खड्काले २१ रन बनाइन्। पूजा महतोले १३ रनको योगदान गरिन्। ‍टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले ७ विकेटको क्षतिमा ११४ रन जोड्यो।

Comment


Related News

Latest News

Trending News