अपडेट 
२०७७ बैशाख १०, बुधबार १६:५२

जनकपुरधाम । साझा पार्टी सिरहाले कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनबाट प्रभावित गरिब, विपन्न तथा मजदुरलाई राहत वितरणमा जनप्रतिनिधिले भेदभाव गरेको आरोप लगाएको छ।

पार्टीका जिल्ला संयोजक धनपति महतोले प्रेस विज्ञप्ति जारी गरेर यस्तो आरोप लगाएका हुन्। उनले जनप्रतिनिधिले आफ्ना आसेपासेलाई राहत वितरण गरिरहेको भन्दै त्यसले ठूलो सामाजिक दुर्घटना निम्त्याउन सक्नेतर्फ प्रशासनको ध्यानाकर्षण गराएका छन्।

विज्ञप्तिमा गरिब विपन्न, दलित, असहाय, पहाडी बस्तीमा दाउरा बेचेर गुजारा गर्ने तथा दैनिक ज्यालादारीमा काम गरी पेट पाल्ने मजदुरलाई पहिलो प्राथमिकता दिई राहत वितरण गर्न सम्बन्धित स्थानीय तहलाई निर्देशन दिन जिल्ला प्रशासन कार्यालयसँग अनुरोधसमेत गरिएको छ।

‘अधिकांश जनप्रतिनिधि आ–आफ्नो पार्टीको झण्डा लिएर राहत वितरण गरिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘तत्काल त्यस्ता कार्य रोकी आवश्यक कारबाही गरी मापदण्डको पालना होस्।’

Comment


Related News

Latest News

Trending News