
डिभिजन वन कार्यालय रौतहटले काठको चोरी तस्करी नियन्त्रण देखि वन अतिक्रमण हटाउन पछिल्लो समय विशेष जोड दिएको छ ।
डिभिजन प्रमुख हेमन्त प्रसाद साहका अनुसार वन कर्मचारी तथा सशस्त्र बन रक्षक टोलीले अबैध रूपमा काठको चोरी तस्करी नियन्त्रण देखि अतिक्रमणको चपेटामा परेको वनको जग्गा खाली गराउन अभियानको रुपमा जोड दिएको छ ।
सो क्रममा चालु आर्थिक वर्षको साउनदेखि बैशाख मसान्तसम्म राष्ट्रिय तथा सामुदायिक वनबाट तस्करले अबैध रुपमा कटान गरी लैजाँदै गरेको विभिन्न जातको बजार मूल्य २० लाख भन्दा बढी पर्ने ५२६ क्युफिट काठ बरामद गरिएको उनले बताए । सो काठ ढुवानी गर्न प्रयोग गरिएको ट्रक, ट्रैक्टर, ४ थान पिकअप गाडी साइकल र मोटरसाइकल सहित २६ वटा सवारी साधन बरामद गरेको छ ।
त्यसैगरी सोही अवधिमा काठको चोरी तस्करीमा संलग्न २६ जना तस्कर लाई पक्राउ गरी कारबाहीको दायरामा ल्याईएको छ । ती तस्करहरुबाट जरिबाना तथा धरौटी स्वरुप कुल २५ लाख,६५ हजार ९६६ रुपैयाँ राजश्व दाखिला गरिएको डिभिजन प्रमुख हेमन्त प्रसाद साहले बताए ।
वृन्दावन राष्ट्रिय वन, पौराइ राष्ट्रिय बन, धनसर राष्ट्रिय वन, अन्तर्गत, फूलबारी, खयरधारी र भुलटार क्षेत्र लगायतका स्थानहरूमा विभिन्न व्यक्तिले अतिक्रमण गरी खेतीबारी गर्दै आएको १२.७४७ हेक्टर वन क्षेत्रको जग्गा अतिक्रमण सो गरिएको छ । वन कर्मचारीको सक्रियतामा ती जग्गामा व्यक्तिले लगाएको तारबार हटाइ पुनः वन क्षेत्र कायम गरिएको छ भने कतिपय स्थानमा वृक्षरोपण गरिएको छ ।
अतिक्रणकारी लाई कारबाही स्वरूप मुद्दा दायर गरिएको छ । भुलटार क्षेत्रको वनको जग्गा अतिक्रमण प्रकरणमा स्थानिय बीरबहादुर लोप्चन माथि बन एन अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको डिवीजन बन कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।
विगतमा हिन्दूहरूको चाडँपर्वको समयमा बन कर्मचारी बिदामा जाँदा काठको चोरी तस्करी बढने गरेको देखिएकाले अब चाडँ पर्वमा पालो पालो बिदा दिनेगरेको डिवीजन प्रमुख साहले जानकारी दिएका छन् । त्यस्तै राष्ट्रिय तथा सामुदायिक वन संरक्षणका लागि २४ औं घण्टा निगरानी र अनुगमन कार्य थपप्रभावकारी बनाइएको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।