२०८२ जेष्ठ ८, बिहीबार ०७:४५

जिज्ञासाको अन्त्यपछि व्यक्ति वैभवशाली वा नैराश्यपूर्ण मार्गमा भौतारिने गर्छ । यो अवस्था अन्वेषकदेखि आमजनको जीवनसारिणीका रुपमा देखिएको छ । दुःखको मारमा जस्तो सुकै व्यक्तित्वको विवशताको गाथा प्रायः असह्य हुने गर्छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाका पनि अभावग्रस्त गाथा छ । काठमाडौंमा साहित्य विमर्शको आयोजना गरिएको थियो । देवकोटा नै अतिथि थिए । तर देवकोटा विमर्शमा उपस्थित नभएको खबरपछि स्रष्टा बालकृष्ण सम देवकोटा कहाँ आइ देवकोटाबारे जानकारी लिन खोजे । देवकोटाकी श्रीमतीले भनिन– महाकविको मृत्यु भइसक्यो । बालकृष्ण सम रुन थाले । देवकोटाकी श्रीमतीले पुनः भनिन – किन रुनु हुन्छ ? देवकोटाको मृत्यु भएको होइन, महाकविको मृत्यु भएको हो ।

सम देवकोटा सुतेको कक्षमा पुगि देवकोटालाई सोधे – यो के दुर्दशाा हो ? देवकोटाले समलाई जबाफ दिए – वास्तविकता यही हो महाकविको मृत्यु भइसक्यो । यहाँ महाकविको मृत्युको स्वयम् घोषणा गर्नु पागलपन हो कि जस्तो लाग्छ, तर यो भनाइको बास्तविकता के थियो भने आर्थिक अभावका कारण कार्यक्रममा सहभागी हुने योग्य लुगा देवकोटासँग थिएन । अतः उनले महाकविको मृत्यु भइसकेको जानकारी गराएका थिए । सीके राउतको राजनीतिप्रति जागृत भावको सार आमजनको पीडा, क्रन्दन, चित्कार, छुवाछुत, भेदभाव, कुण्ठा, विवशता, पहिचानलगायतको सवाल पृष्ठभूमिका रुपमा भनिने गरिन्छ ।

सप्तरीदेखि सुदुर पश्चिमसम्मको यात्राका क्रममा जनताको पीडाले द्रवित भइ आफूसँगै महेश यादव, बसन्त कुशवाहा, चन्दन सिंहलाई पनि प्रारम्भिक साक्षी पात्रका रुपमा राजनीतिक पटमा उभ्याएको पाइन्छ । महाकवि देवकोटाको चर्चा गर्नुको मुख्य ध्येय अभावग्रस्त भएपछि उनले महाकविको मृत्यु भएको घोषणा गरे झैं सीके राउतले नाशाको व्यक्तित्वको मृत्यु र राजनीति वरण संयोग हो । राउतकै शब्दमै भन्ने हो भने राजनीतिमा शून्य थिएँ । तर गाउँवासीले गरेको सिंचाईको आग्रह पूरा गर्न लहान स्थित कार्यालयमा धाउदा धाउँदै थकित मन र पीडा तथा देशाटनको क्रममा पश्चिममा दृष्टिगोचर भएको आमजनको कहाली लाग्दो अवस्थाले राजनीतिमा हाम फाल्न उत्प्रेरित ग¥यो ।

परिणाममा स्वराज मागसहितको स्वप्न महल निर्माण गरी गरिब, बेराजगारी, थिचोमिचो, अत्याचार, अशिक्षा, उत्पीडन, अन्याय, सामन्ती तन्त्र, दमन, बलात्कार, असमानत, अस्तित्व लुटिनुको दर्दबाट क्रान्तिको आवेशित अभियान सञ्चालन भयो । आवेशित अभियानमा स्वराजको स्वप्न महलको मागभित्र दूरगामी दृष्टिको मार्गचित्र नभएकै कारण आफै मागको च्याम्बरमा दुर्घटित भइ ज्यानै जाने स्थिति सिर्जन भएको बेला राउतका लागि उत्पन्न करुणाजन्य माहोल सरकारप्रति घृणाबोधकको कारक बनेको अध्याय पनि छ ।

इतिहासकै अध्यायको पाटोमा राउत केपी ओलीको निर्देशनमा मूलधारको राजनीतिमा प्रवेश गरेको लहानको अभिव्यक्तिका क्षणलाई यो पंक्तिकारले बिर्सेको छैन । त्यतिबेला तारानाथ दाहालले सोधेका थिए– के यो व्यक्ति ऐतिहासिक होलान ? मेरो उत्तर थियो – लहानको भाषण राजीतिक संवेगभन्दा पनि आवेशित आगो ओकलेको कारण उहापोहमा डुब्ने हो कि ? ।

दाहालले यो हतारको प्रतिक्रिया पनि हुन सक्छ होला भनी टिप्पणी गरेका थिए । यो टिप्पणी राउत पुल्चोकमा अध्ययनरत र नाशाको अन्वेषणको व्यक्तित्वलाई ध्यानमा राख्दै दाहालले गरेका थिए । मूलधारको राजनीतिमा प्रवेश पछि उनले जनमत पार्टीको नामले मधेश भावभूमिको सेरोफेरोमा राजनीतिक अभियान केन्दित गरे तर ः राजनीतिक चेतको अभाव, नाशाको पृष्ठभूमिको असर नै होला उनको प्रयोगमुखी चरित्रमा उनका दाइ जयकान्तको छाया व्यापक छ ।

योजना आयोगको सदस्य वा उम्मेवारीमा दाइकै प्रभुत्व देखिएको छ । सीकेमा राजनीतिक दर्शन भन्दा पनि ओशो दर्शनप्रति आकर्षण छ, यस्तो स्थितिमा जनमत पार्टीको औचित्य, अभिमत वृद्धि गर्न सक्ने आधार सबल होला वा उनी जस्तै अस्थिरताबाट आक्रान्त होला यक्ष प्रश्न छ । यो प्रश्नको पृष्ठभूमि मृत्युग्रस्त स्वराज महलको कलह र छटपटीसँग सम्बन्धित छ । कलह र छटपटीमा दलमा लोकतन्त्र हराएको, निरंकुश कार्य शैली अपनाएको ,कारबाहीको डण्डा चलाएको लगायतका घटनाक्रम छ ।

यसका साथै उनीमाथि विचार र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरिएको आरोप पनि छ । दाइ जयकान्त राउत हावी छन् भने पदाधिकारीलाई कारवाही गरी निलम्बन, जेल, अन्य पदाधिकारीमाथि पनि तरबार राखेको तथा सबै शक्ति दाइको हातमा सुम्पि दिएको कलह र छटपटी छ । यसका साथै रेशम चौधरीको पार्टीसँग एकताको प्रसंग पनि छ । यी परिदृश्यहरु विगतमा नाशाको व्यक्तित्वमा वर्तमानको स्वेच्छाचारी, मनोगत गैर जिम्मेवाररुपी कालो बाछिटा र व्यक्तित्वमाथि धुलाम्यको अवस्था हो ।

पृथक आन्दोलनको आवरणमा सैद्धान्तिक भन्दा पनि भावनात्मक रुपले प्रदर्शन गर्दा सरकारले पक्राउ , नजरबन्द गर्ने घटनाहरुबाट सहानुभूति बटुलेका सीके राउतको राजनीतिक यात्रामा केही इन्जियरहरुको भूमिका उनका लागि फलदायी भएकै कारण उनी सरकारका लागि टाउको दुखाइ बनेको अध्याय छ । क्षणिक संघर्ष, क्षणिक राजनैतिक यात्रामै उपेन्द्र यादवलाई पराजित गरी सघमा स्थापन, संघमा अस्थिर सत्ताको लहरीपनमा रमिदै मधेश प्रदेशको मुख्यमन्त्री पदमा जनमत पार्टीले आसीन हुन पाउनु दलको श्रीवृद्धिको क्यालेण्डर भए पनि नेतृत्वकर्ता मुख्यमन्त्री सतीशकुमार सिंहले एजेण्डाविहीन पसल, अस्पताल र विद्यालय चहार्नु, मञ्चीय कार्यक्रम, लेनदेनलाई शासकीय दिनचर्यामा रुपान्तरण गरिएको बेथिति छ ।

सिंह एजेण्डाविहीन राजनीतिक पथमा भए पनि मूलतः सत्तालाई योजनाहरुको खरिद बिक्री केन्द्रशाला बनाएको सन्दर्भ यत्रतत्र छ । ड ा . स ी क े राउत मूलधारको राजनीतिमा प्रवेशपछि जनकारवाही, चन्दा संकलन कार्यलाई तीव्रता दिइ जनकारवाहीका नाममा अमानुषिक क्रियाकलाप गरेको आरोपको सूची पनि लामो छ । मुख्य रुपले कलह र छटपटीको वेगमा राउतमा क्षणे तुष्टि, क्षणे रुष्टिको सवाल पनि उत्कर्षमा छ । विचार र सिद्धान्तलाई बेवास्ता गर्दे आर्थिक उपार्जनको जादुयी सूत्र मान्दै कुनै पनि कार्यमा आर्थिक चलखेलका घटना सार्वजनिक हुनु सीकेको मूल व्यक्तित्वमाथि तुफान खडा भएको छ ।

बसन्त कुशबाहा, महेशप्रसाद यादव लगायतका सहयात्रीहरुको गौण अवस्था छ । सरुवा, बढुवा, पदस्थापन, अस्पताल, होटल निरीक्षणमा रकमको प्रिपेड र पोष्ट पेडमा राउतकै निर्देशनका आधारहरुले सीकेको भूलको गर्भमा भएको छवि र छललाई स्पष्ट गर्दछ । जसले व्यक्तित्व हराएको, विश्वास गुमाएको झल्को दिन्छ । प्रश्न बढ्दै गइरहेको छ, जवाफ घट्दै गएको छ, होशमा पनि बेहोशको अवस्था छ । प्रदेशमा गैर जिम्मेवार कार्यलाई प्रोत्साहन गर्दे उनले शिलान्यास भइ सकेको योजनाको पुनः शिलान्यास, सलहेश फूलवारी क्षेत्रमा भारतका संविधान निर्माताको नामकरण गरी उद्यान निर्माण कार्यमा सक्रियताले अनगिनती घाउ दिएको छ ।

ओशो आश्रममा रात बिताउने, कविता वाचन गर्ने, जिज्ञासाको अन्त्य भएको धारणा राख्ने, विद्यार्थीबीच आफू सफल राजनीतिकर्मी भएको दृष्टान्त प्रस्तुत गर्ने, ससाना कुरामा अल्झिने , सत्तालाई क्रय बिक्रय गर्ने जस्ता क्रियाकलाप जनमतलाई मृत्युग्रस्त महलतर्फ लैजाने कारक पनि बन्न सक्ने हेक्का राख्न नसकेको देखिन्छ । यथार्थ, आदर्श, संयोग, विवाद, खुशी, दुखी, घटना, दुर्घटना, रस रहस्यका चक्रमा व्यक्ति बनेर होइन व्यक्तित्व बनेर राजनीतिक यात्रा गर्नु श्रेयस्कर हुन सक्छ, छविमा छल धन्दा मात्र हुन सक्छ ।

Comment


Related News

Latest News

Trending News