२०८२ जेष्ठ ११, आईतवार १४:२८

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू चुप लाग्नाले प्रतिगामीहरूको मनोबल बढेको टिप्पणी गरेका छन्।

बागमती प्रदेशमा एमालेबाट निर्वाचित वडाअध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई आइतबार गोदावरीमा सम्बोधन गर्दै पार्टी अध्यक्षसमेत रहेका ओलीले प्रतिकार गर्न आग्रह गरे।

‘राजनीति अलि धेरै भाँडिएको छ, प्रतिगामी तत्वहरू अलि धेरै नै सक्रिय भएका छन्।  हामी चुप लागेकाले उनीहरूको मनोबल बढेको छ।’ ओलीले भने, ‘सोझै लाज नमानी तिमीहरू रैती भएर बस म राजा हुन्छु भनिरहेका छन्। केही रैतीहरु गएर उसको वरिपरि घुमिरहेका छन्। हामी रैती हुन तयार छौं प्रभु। हामीलाई कुनै अधिकार चाहिँदैन। जीवजन्तु जस्तै हौं। दिएको घाँस कुँडोले जिन्दगी चलाउँछौं। प्रभुको भक्ति गाउँछौँ, बस्छौँ। कुनै स्वाभिमान चाहिएको छैन। जनता सार्वभौम भन्ने कुरा हामीलाई चाहिँदै भनेर केही दलालीमा समर्पितहरूले उल्कायाएका छन्। सामाजिक संजालमा लगानी गरेर भ्रम फिँजाएका छन्।’

पार्टी नेता कार्यकर्ताको आनीबानी बिग्रिएको भन्दै ओलीले सामाजिक संजालमा आफैंभित्र झगडा गर्न व्यस्त भएको टिप्पणी गरे।

Comment

Related News

Latest News

Trending News