२०८२ जेष्ठ ११, आईतवार १७:४५

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा दुईजना नेपाली राजदूतलाई थप गैरआवासीय जिम्मेवारी प्रदान गरेका छन्।

राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिअनुसार बेल्जियमका लागि नेपालकी आवासीय राजदूत सेवा लम्साललाई लक्जेम्बर्गका लागि पनि नेपालको गैरआवासीय राजदूतमा नियुक्त गरिएको छ।

त्यस्तै, जर्मनीका लागि नेपालकी आवासीय राजदूत डा. शैल रूपाखेतीलाई होली सी, गणतन्त्र पोल्याण्ड, रोमानिया, हंगेरी र स्लोभाक गणतन्त्रका लागि नेपालको गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयका उपसचिव तथा सूचना अधिकारी अर्चना खड्का अधिकारीद्वारा सार्वजनिक विज्ञप्तिमा उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News