अपडेट 
२०७७ बैशाख ११, बिहीबार ०९:४६

जनकपुरधाम।  प्रदेश २ मा कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचारको क्रममा आज मध्याह्‍नसम्ममा तीन हजार ८७७ को र्‍यापिड डायग्‍नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गरिएको छ । यसमध्ये सबैभन्दा बढी पर्सा जिल्लामा दुई हजार ४०० आरडीटी परीक्षण गरिएको छ । रौतहटमा ३४४ को सो टेस्ट गरिएको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

त्यस्तै, सप्तरीमा २११, सिरहामा ३०९, महोत्तरीमा १०९, सर्लाहीमा ११६, बारामा १२७ र धनुषामा ३०९ समेत गरी यस प्रदेशमा तीन हजार ८७७ को आरडीटी परीक्षण गरिएको हो । सोमध्ये अहिलेसम्म आठ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । ती आठ जनाको पीसीआरबाट परीक्षण गराउँदा सात जनाको रिपोर्ट नेगेटिभ र एक जनाको रिपोर्ट आउन बाँकी रहेको सचिव घिमिरे बताए ।

अहिलेसम्म यस प्रदेशमा ६०६ को पीसीआर मेसिनबाट परीक्षण गराउँदा ६०२ को रिपोर्ट नेगेटिभ आएको, चारजना कोरोनाबाट सङ्क्रमित छन् भने १४ को रिपोर्ट आउन बाँकी छ । यस प्रदेशमा अहिलेसम्ममा एक हजार ८८ क्‍वारेन्टाइनमा छन् । क्‍वारेन्टाइनमा बस्‍नेको सङ्ख्या क्रमिक रुपमा घट्दै गइरहेको छ भने होम क्‍वारेन्टाइनमा बस्‍नेको सङ्ख्यामा वृद्धि हुँदै दुई हजार ४९० मा पुगेको छ । आइसोलेसनमा भने ११ जना छन् ।

Comment


Related News

Latest News

Trending News