अपडेट 
२०७७ बैशाख ११, बिहीबार ०९:५८

काठमाडौं । बाजुराको त्रिवेणी नगरपालिका–९ बाँगापाटामा र्यापिड टेस्टमा पोजेटिभ देखिएका दुई जनामा स्वाब परीक्षणमा नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

नगरपालिकामा गरिएको र्यापिड टेूटमा १८ वर्षका र ६० वर्षका दुई पुरुषमा देखिएपछि स्वाब परीक्षण गर्न मङ्गलबार धनगढी पठाइएको थियो । नमूना स्वाब परीक्षणपछि दुवै जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बाजुरा जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिनुभएको छ ।

र्यापिड टेस्टमा १८ वर्षका युवकको दुईपटक जाँच गर्दा नेगेटिभ देखाएको भए पनि नमूना स्वाब परीक्षणका लागि पठाइएको हो भने ६० वर्षका पुरुषको र्यापिड टेस्टमा भने दुईपटक जाँच गर्दा पोजेटिभ देखिएको थियो । र्यापिड टेस्टमा नेगेटिभ र पोजेटिभ देखिएका दुवै पुरुषको स्वाब परीक्षणमा बुधबार नेगेटिभ आएको पन्तको भनाइ छ ।

र्यापिड टेस्ट किट अभाव र्यापिड डायग्नोस्टिक टेस्ट शुरु भएसँगै किट अभाव भएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तले बताउनुभयो । यहाँ ११ सय र्यापिड डायग्नोस्टिक टेस्ट सरकारले पठाएको थियो तर त्यो सबै सकिएकाले अहिले अभाव भएको जनस्वास्थ्य अधिकृत पन्तले जानकारी दिनुभयो । र्यापिड डायग्नोस्टिक टेस्ट सकिन नपाउँदै जिल्लामा किटको अभाव देखिएको पन्तको भनाइ छ ।

उहाँका अनुसार जिल्लाका स्थानीय तहमा जिल्लाबाहिरका शहर र भारतबाट आएकाहरुको र्यापिड टेस्ट गर्न नपाउँदै किट सकिएकाले परीक्षण कार्य बन्द भएको छ। किट अभाव भएपछि सुदूरपश्च्मि प्रदेश स्वास्थ्य निर्देशनालयलाई खबर गरिएको छ । निर्देशनालयका निर्देशक गुणराज अवस्थीले प्रदेशमा समेत किट नभएकाले केही दिनपछि चीनबाट आउने भएकाले पाँच दिनपछि बाजुरामा पठाउने प्रतिक्रिया दिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सञ्चारकर्मीलाई सामग्री सहयोग जिल्लामा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । महामारीको बेलामा ज्यानलाई जोखिममा राख्दै स्थानीयस्तरमै गएर समाचार सङ्कलन गर्दै समाजलाई सूचना दिने र सचेत गराउने ३० पत्रकारलाई स्वास्थ्य सामग्री बुधबार हस्तान्तरण गरिएको बडिमालिका नगरपालिका प्रमुख पदम बडुवालले बताउनुभयो। नगरपालिकाले मार्तडीमा नै कार्य क्षेत्र बनाएर जिल्लादेखि केन्द्रीय सञ्चारमाध्यममा कार्यरत ३० सञ्चारकर्मीलाई प्रतिव्यक्ति एक स्यानिटाइजर, दुई साबुन र पाँच वटा मास्क हस्तान्तरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्यालले जानकारी दिनुभयो।

Comment


Related News

Latest News

Trending News