२०८२ जेष्ठ १४, बुधबार ०८:०२

भारतीय महावाणिज्य दूतावासले वीरगञ्जले योग कार्यक्रमको आयोजना गरेको छ ।

११ औं अन्तर्राष्ट्रिय योग दिवसको प्रचार प्रसारको लागि महावाणिज्य दूतावासले पर्साको पोखरियामा रहेको जिल्ला उच्चांगल रामदेव कलवार माध्यमिक विद्यालयको सहकार्यमा योग कार्यक्रमको आयोजना गरेको छ । मुख्य रुपम शारीरिक एवम मनोवैज्ञानिक स्वास्थ्यता र अध्यात्मिक विकासको लागी योग दिवसको आयोजना गरिएको दूतावासले जनाएको छ ।

पोखरिया नगरपालिकाका मेयर प्रद्मुम्न चौहानको प्रमुख आतिथ्यमा सम्पन्न भएको योग कार्यक्रममा स्थानिय जनप्रतिनिधि,महानगरपालिकाका कर्मचारी,विद्यालयमा छात्र– छात्रा, शिक्षक लगायत व्यापक जनसहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै भारतीय महावाणिज्य दूत देविसहाय मिनाले योगअभ्यासबाट हुने शारीरिक लाभको बारेमा जानकारी गराएका थिए । उनले यस बर्ष मनाइने ११औँ अन्तर्राष्ट्रिय दिवसको मुख्य थिम एक पृथ्वी, एक स्वास्थ्य रहेको बताए ।

सो कार्यक्रमा बोल्दै पोखरिया नगरपालिकाका मेयर प्रद्युम्न चौहानले मानव जिवनलाई मानसिक र शारिशिक रुपले स्वथ्य बनाउन योग र आयुर्वेदको ठुलो महत्व रहेको बताए । उनले योगको अभ्यास हरेका घरमा हुनुपर्ने कुरामा जोड दिए ।

Comment


Related News

Latest News

Trending News