अपडेट 
२०७७ बैशाख ११, बिहीबार ११:००

लहान ।  बिश्व महामारी कोभिड १९ कोराना भाईरस नियन्त्रण गर्न सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिकाको पहिलो चरणको राहत वितरण सम्पनन भएको छ । वडा नम्बर १ देखि ६ सम्ममा २१ लाख वराबरको राहत समग्री वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनिकलाल यादबले जानकारी दिनुभएको छ । 

चैत्र १९ गते संघिय सरकारले जारी गरेको परिपत्र अनुसार गाउँपालिकाको १ हजार ९ सय ४० घरधुरीमा राहत बितरण गरीएको अधिकृत यादबले बताए । प्रत्येक वडाका लागी  ३ लाख ५० हजार बिनियोजन गरेको बजेट राहत सामग्री खरिद गर्न  वडा अध्यक्षको जिम्मा लगाईएको थियो । घरधुरीको हिसाबले वडा अध्यक्ष, सचिब र सदस्यहरु चामल दाल नुन तेल लगायतका राहत सामग्री वितरण गरेको वडा नम्बर ५ का वडा अध्यक्ष देब कुमार यादबले जनाए ।

यसैबिच कोरोनालाई नियन्त्रण गर्न नेपाल सरकारले जारी गरेको लकडाउन लाई प्रभाबकारी रुपमा पालना गर्न गाउँपालिकाका जनप्रतिधिहरु घर –घरमा गई जनचेतना दिईरहेको गाउँपालिका अध्यक्ष रामबल्लभ साहले बताएका छन । लकडाउनलाई पालना गर्न यस पालिकाको घर घरमा गई समाजिक सुरक्षा भत्ता वितरण गर्ने योजना रहेको उनले बताए । उनले भने बैङ्कमा जान सेवाग्राहीलाई समस्या पर्ने भएको हुँदा माहामारी लाई मध्यनजर गरी घर– घरमा गई समाजिक सुरक्ष भत्ता बाँडने निर्णय  गरेको उनको भनाई रहेको थियो । 

पहिलो चरणको राहत बितरण गर्दा समुदायबाट आएका  गुनासो र सुझाबहरुलाई मध्यनजर गरी दोस्रो चरणको राहत बितरणका लागी कर्मचारीहरुले नामाबली संङ्कलन गर्ने र दोस्रो चरणको राहत बितरण समेत गरिने अध्यक्ष साहले बताएका छन । पहिलो चरणमा छुटेका बिपन्न बर्ग र मजदुरहरुलाई दोस्रो चरणको राहत बितरणमा सहभागी गराईने गाउँपालिका अध्यक्ष साहको भनाई रहेको थियो ।

Comment


Related News

Latest News

Trending News