२०८२ जेष्ठ १६, शुक्रबार १९:१९

सरकारले राजावादीको आन्दोलनलाई लक्षित गर्दै नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा निषेधाज्ञा घोषणा गरेको छ ।

उक्त स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको काठमाडौं जिल्ला प्रशासन कार्यलयका प्रमुख ऋषिराम तिवारीले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् ।

विज्ञप्तिमा उल्लेख भए अनुसार आगामि असार २४ गतेसम्म केशरमहल चोकदेखि नारायणहिटी दरवार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म तथा महेन्द्र सालिक हुँदै नारायणहिटी दरवार संग्रहालय दक्षिण गेटसम्म विरोधका कार्यक्रम गर्न नपाइने भएको हो ।

Comment


Related News