२०८२ जेष्ठ १७, शनिबार ०४:४७

रौतहट बमकाण्डका आरोपबाट सफाइ पाएको ४० घण्टा नवित्दै नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ । उनलाई उपचारका लागि अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्यमा शुक्रबार बिहान समस्या देखिएपछि उपचारका लागि न्यूरो अस्पताल लगिएको थियो । आलमलाई आईसीयूमा भर्ना गरेर उपचार शुरु गरिएको छ । प

रिवारले बिहान साढे १० बजे नै आलमलाई अस्पताल पु¥याएको थियो । परिवारजनका अनुसार बिहान ७ बजेतिर आलमलाई मस्तिष्कघात भएको थियो । अस्पताल पुग्दा बोली लरबरिएको थियो भने दाहिने हर कमजोर अवस्थामा रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । एमआरआई गरेर हेर्दा एक्युट स्ट्रोक देखिएको थियो । उनलाई औषधि चलाएर आईसीयूमा राखेर उपचार भइरहेको उपचारमा समंलग्न चिकित्सकहरुले जनाएका छन् । परिवारका अनुसार अलामले सुगर र ब्लडप्रेसरको औषधि समेत सेवन गर्दै आइरहेका छन् ।

रौतहटमा भएको बम विस्फोटका अभियुक्त आलम बुधबार साँझ ललितपुरस्थित नख्खु कारागारबाट रिहा भएका थिए । जिल्ला अदालत रौतहटको आदेशलाई उल्ट् याएर बुधबार उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले रिहा गर्न आदेश दिएको थियो । बम बिस्फोटका घाइतेहरूलाई ज्युँदै इँटाभट्टामा जलाएर मारेको अभियोगमा जिल्लाबाट दोषी करार भएका नेपाली कांग्रेसका पूर्वसांसद आलमसहित चार जनालाई बुधबार उच्च अदालतको वीरगञ्ज इजलासले ज्यान मुद्दामा सफाइ दिएको थियो । २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन रौटहटमा विस्फोट भएको थियो ।

कांग्रेस उम्मेदवार आलमले आफ्ना काका शेष इद्रिसको घरमा बम बनाउन केहि जानकारहरुलाई लगाएको आरोप लागेको थियो ।बम बनाउने क्रममा बिस्फोट भएको थियो । बिष्फोटमा घाइते भएका केही मानिसहरुलाई जिउँदै बोरामा हालेर ईट्टा भट्टाको भट्टीमा जलाइएको स्थानीयहरुले आरोप लगाउँदै आएका छन् ।सो मुद्दा १२ वर्षपछि २०७६ सालमा व्यूतिएको थियो । प्रहरीले आलम विरुद्ध कर्तव्य ज्यान लगायत ४ वटा मुद्दा दर्ता गरी आलमलाई पक्राउ गरेको थियो । त्यसका लागि सर्वोच्च अदालतले प्रहरीलाई आदेश दिएको थियो ।

सर्वोच्च अदालतको आदेश र तत्कालीन माओवादी सांसद प्रभु साहको दबाबले आलमलाई पक्राउ गरी जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता गरिएको थियो ।जिल्ला अदालतले आलमलाई जन्मकैदको सजाय सुनाएको थियो ।सो सजाय उनले नख्खु जेलमा रहेर काटिरहेका थिए । झण्डै ६ वर्षपछि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले आलमलाई गत बुधबार सफाई दिएको थियो । न्यायाधीशहरू डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्ट्याउँदै आरोपितहरूलाई सफाइ दिएको घटनापछि चौतर्फी प्रश्न उठेको छ ।

कांग्रेस कोटामै नियुक्ति न्यायाधीश डा. खुसीप्रसाद थारु नेतृत्वको इजलासले कमजोर धरातल र आधार टेकेर विवादास्पद रूपमा सफाइ दिँदा निष्पक्ष न्याय निरूपणमाथि आशंका बढेको हो । त्यसैको प्रतिक्रिया स्वरूप फैसलाको पूर्णपाठ तयार नहुँदै न्यायपरिषद् मा न्यायाधीशद्वय थारु र महर्जन विरुद्ध उजुरी दर्ता भएको छ । पीडित परिवारहरुले पनि न्यायका लागि सर्वोच्च अदालत जाने बताएका छन् । उनीहरुले नेपाली कांग्रेसका नेता रहेका आलमलाई कांग्रेस पार्टीको कोटाबाट न्यायाधिश बनेका थारु नेतृत्वको इजलासले गलत फैसला गरेको आरोप लगाएका छन् । उनीहरुले उच्च अदालतको वीरगञ्ज इजलासबाट न्याय पाउन नसकेकोले न्यायका लागि सर्वोच्चमा मुद्दा गर्ने बताएका छन् । पीडितहरु आलमको रिहाईपछि डराएको बताइरहेका छन् ।

रौतहट जिल्लामा आलमलाई पक्राउ गर्नुपर्ने र छाड्नु पर्ने पक्ष विपक्षमा कयौं पटक जुलुस र प्रदर्शन भएको थियो । तर जिल्ला अदालतले आलम सहित ४ जनालाई जन्मकैदको सजाय सुनाएको थियो । सो फैसला विरुद्ध आलमले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा मुद्दा दर्ता गराएका थिए । उच्च अदालतको वीरगञ्ज इजलासमा ३ दिन सम्म बहस चलेको थियो । त्यसपछि आएको फैसला विवादमा परेको छ ।

Comment


Related News

Latest News

Trending News