२०८२ जेष्ठ १७, शनिबार ०४:५३

मधेश प्रदेश सरकारको गौरवको योजनाको रुपमा रहेको विद्युतीय शवदाह गृह निर्माण सन्दर्भमा जनप्रतिनिधि र नागरिक समाजका अगुवासंग छलफल गरिएको छ । उर्जा, सिँचाई तथा खानेपानी मन्त्रालयले जनकपुरधामस्थित गंगासागर पोखरीको डिलमा रहेको स्वर्गद्वार छेउमा विद्युतीय शवदाहगृह निर्माण गर्ने योजना रहेको छ ।

जनकपुरधाममा शुक्रबारसो मन्त्रालयको सरोकारवालासंगको छलफलमा यस्तो यसै आर्थिक वर्षदेखि निर्माण प्रक्रिया अघि बढाइने निर्णय गरिएको छ । सरोकारवालासंगको छलफलमा वर्तमान स्वर्गद्वारको दोश्रो कितामा विद्युतीय शवदाहगृह यसै आर्थिक वर्षदेखि निर्माण प्रक्रिया अघि बढाइने, यसै साता टेण्डर प्रक्रिया अघि बढाइने र निर्माण भइसकेपछि सम्बन्धित जनकपुरधाम उपमहानगरपालिकालाई हस्तान्तरण गरि कार्यविधि बनाएर स्वर्गद्वार समितिलाई संचालनको जिम्मा दिइने निर्णय गरिएको छ ।

छलफलमा उर्जा, सिँचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले मधेश सरकारको यो गौरवको योजना रहेको र यो शवदाह गृह निर्माणले आम जनतालाई आर्थिक र समयको बचतसंगै वातावरणिय हिसाबले पोलुसन रोक्ने काम समेत गर्ने बताए । उनले सो योजनाका लागि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह र केही वडा अध्यक्षहरुबीच सहमति निर्णय समेत भई सकेकाले निर्माणदेखि संचालनमा कुनै समस्या नहुने दाबी गरे ।

दुई वर्ष भित्रमा इलेक्ट्रिक शवदाह गृह निर्माण हुने छ सो शवदाहगृहको यसै साता टेण्डर निकालिने र निमार्ण लागि मन्त्रालयले ११ करोड रुपैया छुट्याइएको जानकारी मन्त्रालयका सचपव रामुकमार खंगले दिए । सो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले जनकपुरधाममा विद्युतीय शवदाह गृह निर्माण हुनु ठुलो गौरवको विषय रहेको भन्दै निर्माण सम्पन्न भएपछि तात्कालै कार्यविधि बनाएर स्वर्गद्वारी समितिलाई संचालनको जिम्ममा र आर्थिक कोष स्थापना गरी संचालनमा ल्याइने जानकारी दिए ।

सो शवदाहगृहका लागि अढाई तल्ले भवन निर्माणसहित दुईवटा शवदाह ट्रली बेड, भृञ्चुरी स्क्रबर, वेट स्क्रबर धुँवा निस्किने चिम्नी र अस्थिलाई व्यवस्थापन गर्ने सहितका वातावरणीय संरचना निर्माण गरिने योजना रहेको छ । विद्यमान परम्परागत दाहसंस्कार प्रणालीमा आउने कठिनाइ, खर्च र वातावरणीय असरलाई ध्यानमा राखेर इलेक्ट्रिक शवदाह गृहको विकल्प अपनाइएको छ ।

Comment


Related News

Latest News

Trending News