२०८२ जेष्ठ १७, शनिबार १८:२३
राजावादीहरूले आज तेस्रो दिन पनि काठमाण्डौमा प्रदर्शन गरेका छन् ।
राजसंस्था पुनर्स्थापना गर्ने अन्तिम आन्दोलन भन्दै अस्ति बिहीवारदेखि आन्दोलन शुरू गरेका उनीहरूले आज बालुवाटारमा प्रदर्शन गरेका छन् ।
आज राजावादीहरूले नारायणहिटी दरबार परिसरमा प्रदर्शन गर्ने तालिका थियो । तर हिजो बेलुका नै त्यहाँ निषेधित क्षेत्र घोषणा भएपछि राजावादीहरू रत्नपार्कबाट नक्साल हुँदै बालुवाटार पुगेका हुन् ।
सरकारले बालुवाटारलाई यसअघि नै संवेदनशील क्षेत्रका रूपमा लिँदै निषेधित क्षेत्र घोषणा गरिसकेको छ । निषेधित क्षेत्र तोड्न नदिन ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।



