२०८२ जेष्ठ १९, सोमबार १६:४०

नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ।

आज बसेको संसदीय दलको बैठकले प्रश्न उठेपछि छानविनलाई सघाउन मार्गप्रश्स्त गर्नुपर्ने निर्णय गरेको उपमहासचिव वर्षमान पुनले बताए ।

उनले अहिले प्रधानमन्त्री केपी ओलीले बोलाएको तीन दल र भोलि सदनअघि विपक्षी दलको बैठक पनि बस्न लागेको भन्दै अहिलेसम्मको परिस्थिति हेर्दा गृहमन्त्रीको राजीनामाको अडानबाट ब्याक हुन नसक्ने निर्णय पार्टीले गरेको बताए ।

Comment

Related News

Latest News

Trending News